logo

जिल्ला कृषि विकास कार्यलय
रामेछाप, नेपाल

जिल्ला कृषि विकास कार्यलय रामेछाप, नेपालमा तपाईंलाई स्वागत छ ।

agrilcuture

हाम्रो जस्तो विकासोन्मुख देशमा कृषि क्षेत्रको विकासले मात्रै आर्थिक, सामाजिक परिवर्तन गर्न सम्भव छ । बढ्दो जनसंख्याको लागि आवश्यक खाद्यवस्तु आफ्नै देशको उत्पादनले धान्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । तसर्थ कृषि बाली बस्तुहरुको उत्पादनमा वृद्धि गर्ने, व्यवसायिक खेती प्रणाली अपनाउने, प्रतिस्पर्धी बालीहरुको विकास र बिस्तार गर्ने र जलवायु परिवर्तनको असरलाई न्यून गर्न दिगो कृषि विकासको अवधारणालाई आत्मसाथ गर्दै कृषि विकाससँग सम्बन्धित सबै सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुले कृषि क्षेत्रको विकास र बिस्तार गर्दै आइरहेका छन् । यसरी दिगो कृषि विकासलाई मनन् गर्दै कृषि उत्पादनको बृद्धि, खाद्य सुरक्षाको प्रत्याभुति र आयस्तर वृद्धिका लागि आधुनिक कृषि सम्बन्धि प्याकेज कार्यक्रमहरु जिल्ला कृषि विकास कार्यालय, रामेछापले सञ्चालन गर्दै आई रहेको छ । रामेछाप जिल्ला समग्र विकासका सूचकहरुमा अझै पछाडी रहेको वर्तमान अवस्थामा कृषि क्षेत्रको विकासले धेरै सघाउ पु¥याउने कुरामा दुई मत छैन । यस जिल्लाले लिएको सक्षम समृद्ध र सभ्य रामेछापको नारालाई साकार पार्न कृषि विकास कार्यक्रमले ठूलो टेवा पु¥याउने विश्वास गरिएको छ ।

agrilcuture

यस जिल्लालाई चिनाउने जुनार र यस सम्बन्धि एक गाऊँ एक उत्पादन कार्यक्रमले व्यापकता पाई ताजा जुनार, जुस, स्क्वास उत्पादन गरी देशका अधिकांश शहरहरुका साथै अन्य जिल्लाहरुमा समेत निर्यात गर्न सफल भइसकेको अवस्था छ । अन्य कृषि वस्तुहरु जस्तै आलु, अलैंची, सुन्तला, अनारको पनि निर्यात गर्न थालिएको छ । यस जिल्लाको अधिकांश भु–भाग सुख्खा र कम मलिलो भएतापनि माथि उल्लेखित कृषि बाली वस्तुहरुको उत्पादन व्यवसायिक तवरले गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । यसका साथसाथै नदी किनारका सिंचित क्षेत्रहरुमा धान र गहुँको उन्नत बीउ उत्पादन गर्न सकिने सम्भावना त्यत्तिकै छ । त्यसै गरि खाद्यान्नको उन्नत बीउ उत्पादनका लागि यो जिल्लाको अधिकांश भु–भाग अति उपयुक्त मानिएको छ र केही भागहरुमा खाद्यान्न बीउ उत्पादन कार्यक्रमले व्यापकता पाएको पनि छ । खाद्यान्न अन्तरगत धान, गहुँ र मकैको वीउ प्रशोधन, प्रमाणीकरण, लेवलिङ्ग, प्याकिङ्गको कार्यक्रमहरु कृषि सहकारी मार्फत संचालन भईरहेका छन् । यसको अलावा साना सिचाई कार्यक्रम सञ्चालन गरी थोरै जमिनमा भए पनि सिचाई सुविधा दिन जि.कृ.वि.का. सफल भएको छ । त्यस्तै दिगो भू–व्यवस्थापन कार्यक्रम सञ्चालन गरी गोठेमल सुधार, कोसेवाली प्रर्वधन जस्ता क्रियाकलापहरु गरी दिगो कृषि को अवधाराणलाई थोरै भए पनि सघाऊ पुगेको छ । यिनै कार्यक्रमहरुको विकास र बिस्तार गर्ने र कृषकको आयस्तरमा वृद्धि गर्ने उद्देश्यका साथ जिल्ला कृषि विकास कार्यालयले प्रत्येक आ.व.मा त्यस सम्वन्धी नयाँ नयाँ कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

  • Revenue Advisory Committee
  • International Economic Cooperation Co-ordination Division
  • Budget and Programme Division
  • Corporation Co-ordination and Privatisation Division
  • Revenue Administration Division
  1. Revenue Advisory Committee
  2. Finance Minister remains at the Apex in the Ministry, whereas, bureaucratically it is headed by Finance Secretary. For practical purposes, the Ministry is further divided into various organization – Divisions and Departments.
  3. Budget and Programme Division
  4. Corporation Co-ordination and Privatisation Division
  5. Revenue Administration Division