
हाम्रो जस्तो विकासोन्मुख देशमा कृषि क्षेत्रको विकासले मात्रै आर्थिक, सामाजिक परिवर्तन गर्न सम्भव छ । बढ्दो जनसंख्याको लागि आवश्यक खाद्यवस्तु आफ्नै देशको उत्पादनले धान्नु पर्ने अहिलेको आवश्यकता रहेको छ । तसर्थ कृषि बाली बस्तुहरुको उत्पादनमा वृद्धि गर्ने, व्यवसायिक खेती प्रणाली अपनाउने, प्रतिस्पर्धी बालीहरुको विकास र बिस्तार गर्ने र जलवायु परिवर्तनको असरलाई न्यून गर्न दिगो कृषि विकासको अवधारणालाई आत्मसाथ गर्दै कृषि विकाससँग सम्बन्धित सबै सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुले कृषि क्षेत्रको विकास र बिस्तार गर्दै आइरहेका छन् । यसरी दिगो कृषि विकासलाई मनन् गर्दै कृषि उत्पादनको बृद्धि, खाद्य सुरक्षाको प्रत्याभुति र आयस्तर वृद्धिका लागि आधुनिक कृषि सम्बन्धि प्याकेज कार्यक्रमहरु जिल्ला कृषि विकास कार्यालय, रामेछापले सञ्चालन गर्दै आई रहेको छ ।