logo

जिल्ला कृषि विकास कार्यलय
रामेछाप, नेपाल

जिल्ला कृषि विकास कार्यालयका शाखाहरु तथा कार्य विवरण

क) कृषि प्रसार शाखा
कृषि प्रसार अधिकृतको नेतृत्वमा विषयगत प्राविधिकहरु विच समन्वयको काम कृषि प्रसार अधिकृतले गर्दछ । बुदाँगत रुपमा हेर्दा यस शाखाले निम्न जिम्मेवारी वहन गर्दछन् ।

  • कृषि मेला प्रदर्शनी, कृषक भ्रमण, विभिन्न दिवस कार्यक्रमहरु, प्रतियोगिता, गोष्ठि आदि संचालन गर्ने र सेवा केन्द्र एवं क्षेत्रीय
  • स्तरको तालिमहरुको व्यवस्थापन गरि कार्यान्वयन गर्ने ।
  • कृषक समुह गठन, पुर्नगठन, समुह दर्ता आदि र समुहको विवरण संकलन एवं अध्यावाधिक गर्ने ।
  • रासायानिक मल विक्रेताहरुको दर्ता, अनुगमन, मुल्याकंन गर्ने र रासायानिक मल सम्वन्धी तथ्याकंहरु अध्यावधिक गर्ने ।
  • साना सिचाई कार्यक्रम संचालन गर्ने ।
  • गैह्र सरकारी सस्थाहरु सगँ समन्वय गर्ने ।
  • कृषि प्रविधि प्रचार प्रसारका लागि पत्रिका तथा सञ्चार माध्यम सगँ सहकार्य गर्ने ।
  • वाली, माटो तथा मत्स्यसम्वन्धी जिल्लामा सञ्चालन हुने अन्य सम्पुर्ण कार्यक्रमहरु सञ्चालन गर्ने ।

ख) वागवानी विकास शाखा
वागवानी विकास अधिकृतको नेतृत्वमा जिल्ला भित्र फलफुल, तरकारी, आलुवाली, तथा मसलावाली सम्वन्धी कार्यक्रमहरु संचालन गर्दछ । यस अन्तरगत फलफुल बगैंचा स्थापना, तरकारीको व्यवसायिक तथा वेमौसमी खेती, नर्सरी संचालन तथा व्यवस्थापन सम्वन्धी सेवाहरु कृषक समक्ष पु¥याई कृषकहरुलाई आफ्नो आय आर्जन वढाउनमा अभिप्रेरित गर्दछ । यस शाखावाट गरिने कार्यहरु निम्न प्रकार छन् ।

  • बागवानी सम्वन्धी वार्षिक कार्यक्रमहरु तर्जुमा गर्ने ।
  • स्वीकृत वार्षिक कार्यक्रमहरुलाई सेवाकेन्द्र स्तरमा विभाजन गरि यथासमयमा सेवाकेन्द्रहरुलाई उपलब्ध गराउने र वागवानी सम्वन्धी वार्षिक कार्यक्रमहरु संचालनको लागि आवश्यक सामग्री जुटाई लक्ष अनुसार वाडँफाडँ गरि सेवाकेन्द्रहरु मार्फत कार्यान्वयन गराउने ।
  • वागवानी सम्वन्धी मासिक, चौमासिक एवं वार्षिक प्रगति संकलन एवं मुल्याकंन गर्ने ।
  • फिल्ड भ्रमण गरि कृषकको समस्या अध्ययन गरि समाधनका उपायहरु वताउने ।
  • वागवानी सम्वन्धी सेवाकेन्द्र स्तरीय, जिल्ला स्तरिय तालिममा श्रोत व्यक्तिको रुपमा काम गर्ने ।
  • तरकारी पकेट क्षेत्र अन्तरगत पर्ने गा.वि.स.हरुमा प्रभावकारिताका साथ कार्यक्रम संचालन गर्नमा मद्दत पु¥याउने ।
  • वागवानी सम्वन्धी विवरणहरु तयार गरि सम्वन्धित विषयमा आवश्यक विवरणहरु तयार गरि वार्षिक पुस्तिकामा प्रकाशनमा सहयोग गर्ने ।
  • नियमित रुपमा सञ्चालित कार्यक्रमहरुको निरीक्षण एवं अनुगमन गर्ने ।

ग) वाली संरक्षण शाखा
वाली संरक्षण सम्वन्धी विभिन्न वोट–विरुवाहरु तथा वालीहरुमा देखिने रोग तथा किराहको नियन्त्रण र समाधान गर्ने उपायको वारेमा कृषकवर्ग तथा सञ्चार माध्यम वाट जानकारी गराउछ । मौरी पालन, च्याउ खेती, रेशम किरा लगायतका काम पनि यस शाखावाट सम्पन्न हुन्छन । यी वाहेक वाली संरक्षण शाखा वाट निम्न अनुसार काम हुन्छ ।

  • मौरी पालन, च्याउ खेती, रेशम खेती र वाली संरक्षण सम्वन्धी सम्पूर्ण कार्यहरु ।
  • स्वीकृत वार्षिक कार्यक्रमहरुलाई सेवाकेन्द्र स्तरमा विभाजन गरि यथासमयमा सेवाकेन्द्रहरुलाई उपलब्ध गराउने र वाली संरक्षण सम्वन्धी वार्षिक कार्यक्रमहरु संचालनको लागि आवश्यक सामग्री जुटाई लक्ष्य अनुसार बाँडफाँड गरि सेवाकेन्द्रहरु मार्फत कार्यान्वयन गराउने ।
  • मासिक चौमासिक एंव वार्षिक कार्य प्रगतिहरु संकलन गरि मुल्याकंन गर्ने ।
  • फिल्डमा देखा परेका रोग, किरा र अन्य कृषकका समस्याहरु अध्ययन गरि समाधाननका उपायहरु वताउने ।
  • सम्वन्धित विषयमा हुने सेवा केन्द्र स्तरिय तालिम, जिल्ला स्तरीय तालिममा श्रोत व्यक्तिको रुपमा काम गर्ने ।
  • वाली संरक्षण सम्वन्धि विवरण तयार गरि सम्वन्धित विषयका आवश्यक विवरण एंव आलेखहरु तयार गरि वार्षिक पुस्तिका प्रकाशनमा सहयोग गर्ने ।
  • नियमित रुपमा सञ्चालित कार्यक्रमहरुको निरीक्षण एवं अनुगमन गर्ने ।
  • विषदी विक्रेताहरुको अनुगमन र निरीक्षण गर्ने ।
  • वाली संरक्षण सम्वन्धी भैपरि आउने प्राविधिक कार्यहरु गर्ने ।

घ) योजना, अनुगमन, मुल्याकंन तथा वजार विकास शाखा
योजना अधिकृतको नेतृत्वमा विषयगत प्राविधिकहरु विच समन्वयकर्ताको काम गर्नु पर्छ । वुदागत रुपमा यो शाखाले निम्न वमोजिमको कार्यहरु सम्पन्न गर्छ ।

  • कार्यालयको वार्षिक जिल्ला कृषि विकास कार्यक्रम तथा वजेट तर्जुमा गर्न सहभागितात्मक योजना तर्जुमा प्रक्रृयाको अवधाराणा अनुरुप तय गर्ने । यस कार्यमा कार्यलय प्रमुख तथा कार्यालयका सम्वन्धीत प्राविधिकहरु सँग सुझाव तथा राय र सल्लाह लिएर सम्पन्न गर्ने ।
  • कार्यालयको तर्फवाट मासिक, चौमासिक एंव वार्षिक कार्य प्रगति समयमानै सम्वन्धित निकायमा पठाउने ।
    कार्यालयमा अवस्थित अन्य प्रविधिक शाखाहरुमा विषयगत प्रमुखहरु सँग समन्वय राख्नुका साथै कार्य प्रगति विवरणहरुको व्यवस्थित तरिकाले रेकर्ड राख्ने ।
  • जिल्लामा कृषि विकास कार्यक्रम तथा प्राविधिक सेवालाई प्रभावकारी तुल्याउन कार्यालयका अन्य शाखाहरुको परार्मश तथा समन्वयद्धारा समय समयमा नियमित रुपले कार्यक्रम तथा सेवाकेन्द्रहरुको अनुगमन, निरीक्षण गर्ने ।
  • विभागिय निर्देशन अनुरुप कृषिजन्य वालीहरुको स्थानिय वजारमा तोकिए अनुसार खुद्रा मुल्य, थोक मुल्य, फार्मगेट मुल्य, र तथ्याकं अध्ययन विश्लेषण गरि अध्यावाधिक गर्ने तथा नियमित रुपले सम्वन्धित निकायमा पठाउने ।
  • प्रत्येक वर्ष कार्यालयवाट प्रकाशन हुने जिल्ला कृषि विकास सगँ सम्वन्धित विविध कार्यक्रम, गतिविधिहरु तथा उपलब्धीहरुलाई झल्काउने वार्षिक पुस्तिका प्रकाशनको लागि आवश्यक निकाय तथा विषयगत प्रमुखहरु सँग समेत परार्मश गर्ने ।
  • जिल्लाको तथ्याकंहरु अध्यावधिक राख्ने र आवश्यकता अनुसार उपलब्ध गराउने ।

जिल्ला कृषि विकास कार्यालय अन्तरगतका सेवा केन्द्रहरुको विवरण
प्राविधिक सेवा लाई प्रभावकारीरुपमा सबै क्षेत्रमा पु¥याउन जिल्लामा ६ वटा सेवा केन्द्र मार्फत कार्यक्रम संचालन गरिएको छ । सम्भाब्यताको आधारमा कृषक समूह गठन गरि समूह मार्फत कार्यक्रम संचालन गरिएको छ । विभिन्न किसिमका प्रर्दशन कार्यक्रमहरु, स्थानीय स्तरमा कृषकहरुको प्राविधिक आवश्यकतालाई परिपुर्ति गर्ने, कृषक समुह गठन तथा सवलीकरण गर्ने र फिल्ड अफिसको रुपमा काम गर्ने जिल्ला कृषि विकास कार्यालयको निकाय नै कृषि सेवा केन्द्र हो । हाल जिल्लामा रहेका ६ कृषि सेवाकेन्द्रहरुले ५५ गा.वि.स.लाई सेवा पु¥याईरहेका छन ।

क्र.स. कृषि सेवा केन्द्रको नाम सेवा पु¥याउने गा.वि.स.हरु.
कृषि सेवा केन्द्र, चिसापानी पकरबास, गागलभदौरे, पिङ्गखुरी, भटौली, चिसापानी, चनखु, गेलु, पुरानागाँऊ –८ गाविस
कृषि सेवा केन्द्र, रामेछाप साँघुटार, हिमगँगा, रामेछाप, सुकाजोर, सालु, ओख्रेनी, सुनारपानी, रामेछाप, भलुवाजोर– ९ गाविस
कृषि सेवा केन्द्र, दोरम्वा फुलासी, डढुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर, गुन्सी, खाँडादेवी –८ गाविस
कृषि सेवा केन्द्र, वाम्ती गुम्देल, बाम्ती, कुवुकास्थली, चुचुरे, ठोसे, प्रिति, गुप्तेश्वर, भुजी, रसनालु, बेताली – १० गाविस
कृषि सेवा केन्द्र, खनियाँपानी दिमिपोखरी, हिलेदेवी, बेथान, खनियापानी, राकाथुम, मझुवा, भिरपानी, माकादुम – ८ गाविस
कृषि सेवा केन्द्र, नागदह, धोवी दुरागाँऊ, सैंपू, फर्पू, नागदह, विजुलीकोट, कठजोर, गोठगाँउ, देउराली – ८ गाविस
कृषि सम्पर्क केन्द्र खिम्ती खिम्ती, नामाडी, गेलु, तिलपुङ्ग –४ गाविस
जि.कृ.वि.का., मन्थली मन्थली